वीरगंज । पर्सा प्रहरीले अभियानकै रुपना संचालन गरेको अबैध रुपमा लगाईएको गाँजा खेती फडानी तथा नस्ट प्रभावकारी रुपमा अगाडी बढदै छ ।
पछिल्लो दिनहरूमा भीत्री गाउँहरूमा कैयन बिघामा लुकिछिपी लगाइएको अबैध गाँजा खेती पर्सा प्रहरीले फडानी तथा नस्ट गर्दै आएको छ।
सोहि अभियान अन्तर्गत पर्साको सखुवाप्रसौनी वडा १ रेन्ज औराहामा लगाएको गाँजा ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यलय एकटङ्गाको संयुक्त प्रहरी टोलीले नस्ट गरेको छ।
ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको कमाण्डमा खटी गएको प्रहरी टोलीले रेन्ज औराहा स्थित चार कठ्ठामा लगाइएको अबैध डण्ङ्ग गाँजा फडानी तथा नस्ट गरेको प्रहरी निरीक्षक थापाले जनाएका छन ।







