Categories समाचार स्वास्थ्य

लागु औषध सहित आशवारीका एक युवक पक्राउ

Advertisement

पर्सा । लागु औषध सहित आशवारीका एक युवक पक्राउ  परेका छन ।

हिजो अंन्दाजी ०७:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ अलपाईन स्कुल स्थित सडक खण्डमा लागु औषध सहित युवक पक्राउ परेका हुन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शंकाष्पदरूपमा पैदल हिंडिरहेका जिल्ला पर्सा धोबिनी गाउँपालिका वडा नं.२ आशवारी बस्ने १९ वर्षका पृथ्वी सिंह कुर्मीलाई चेकजाँच गर्दा चामलको बोरा भित्र लुकाइछिपाई ल्याएको लागु औषध सहित पक्राउ गरेको हो ।

Advertisement

नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी कुर्मीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *