Categories समाचार

समाजवादी प्रेस संगठन पर्साकाे बैठक सम्पन्न, महासंघकाे गलत रवैयाकाे शसक्त विराेध गर्ने निर्णय

Advertisement

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे प्रथम बैठक साेमबार सम्पन्न भएकाे छ । संगठनका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षतामा बसेकाे बैठकले संगठनकाे काम छिटाे र सहज तरिकाले गर्न १३ सदस्यीय सचिवालय गठन गरेकाे छ ।

अध्यक्ष पटेलसहित उपाध्यक्ष शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिव अजय चाैरसिया, सह सचिव अमित अग्रवाल, विनाेद पटेल, काेषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरु नरेश सर्राफ, संताेष साह, दिपेन्द्र गिरी, रंजित चाैरसिया, श्याम पासवान र एक जना पछि थप गर्ने गरी सचिवालय गठन गरेकाे हाे । बैठकले संगठनकाे जिल्ला कार्य समितिमा ३ जना नयाँ सदस्यलाई थप गर्ने समेत निर्णय गरेकाे छ । थप भएका नयाँ सदस्यहरुमा श्याम सर्राफ, आशिष कर्ण र दिपक कुशवाहा रहेका छन् ।

Advertisement

यस्तै, बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाले वितरण गर्न लागेकाे स्व. गाेपाल गिरी क्रियाशिल पत्रकारित पुरस्कारका लागि छनाैट भएका व्यक्तिहरुकाे सवालमा चार पत्रकार संवध संगठनले जारी गरेकाे प्रेस विज्ञप्तीकाे उपर महासंघले कुनै किसिमकाे चासाे नदेखाएकाेले गम्भिर ध्यानाकर्षाण भएकाे जनाउँदै महासंघकाे एकलाैटी र गैर जिम्मेवार पूर्ण गतिविधिकाे खेद प्रकट गर्दै जिल्लाका विभिन्न पत्रकार संगठनसंग छलफल र समन्वय गरी महासंघकाे गलत रवैयाकाे विरुद्धमा सशक्त रुपमा अगाडी बढने निर्णय गरेकाे छ ।

Advertisement

यसका साथै बैठकले संगठनकाे सम्पर्क कार्यालय वीरगंज ११ श्रीपुरस्थित भारतिय महावाणिज्य दुतावास नजिक रहेकाे नेपाल पाेष्ट डेलीकाे कार्यालय संचालन रहेकाे भवनमा सम्पर्क कार्यालय संचालन गर्ने पनि निर्णय गरेकाे छ । नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा संगठनका केन्द्रिय सदस्य राघव साह, बृजलाल पासवान र रेविन्द्र कार्कीकाे विशेष उपस्थिती रहेकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *