Categories समाचार स्वास्थ्य

कोरोना रोकथाकालागी अनिवार्य मास्क प्रयोग, नलगाई हिडनेलाई सय रुपैयाँ जरिवाना

Advertisement

बीरगन्ज ।  यस अघि काेराेनाकाे हट स्पट बनेकाे बीरगन्ज अहिले पूर्व तयारीमा जुटेकाे छ । बीरगन्जको मुख्य नाका बीरगन्ज भन्सारमा कडाइ गरेसँगै कोरोना रोकथाकालागी अनिवार्य मास्क अभियान समेत चलाइएको छ ।

त्यसैगरी बीरगन्जमा पर्साका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले ५ हजार थान मास्क वितरण गरेको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय पर्साले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बीरगन्जको सडकमा मास्क नलगाई हिँडडुल गरेका ५ हजार सर्वसाधारणलाई मास्क वितरण गरेको छ।

Advertisement

बीरगन्जको घण्टाघरदेखि माईस्थान हुँदै आदर्शनगर चौक, मकालु चोक, बिर्ता चोक, छपकैया , बीरगन्ज भन्सार गेट हुँदै शङ्कराचार्य गेटसम्म मुख्य सडकमा आवतजावत गर्ने ५ हजार भन्दा बढी सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै मास्क वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

जनचेतना अभियान अन्तरगत प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा मास्क वितरण गरिएको र अब भोलि मङ्गलवार देखि बीरगन्जमा मास्क नलगाई हिडनेलाई सय रुपैयाँ जरिवाना गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *