Categories समाचार स्वास्थ्य

इमर्जेन्सी रगत चाहिए सेनालाई फोन गर्नुस् ।

Advertisement

काठमान्डौं। कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ ।

उपचारको क्रममा कसैलाई तत्काल रगत चाहिएमा सैनिक ब्यारेकबाट रगत उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष वल्लभ पौड्यालले बताए । उनले भने–‘इमर्जेन्सी रगत चाहिन पायक पर्ने युनिटमा समन्वय गर्न नम्बर दिएका छौँ, आर्मी एक्सचेन्ज नम्बर ०१–४२४००० मा सम्पर्क गरेर अनुरोध गरेपछि रगत उपलब्ध गराउँछौँ ।’

Advertisement

हन्टिङ नम्बर ०१–४२४००० मा फोन गरेपछि नजिकको युनिटको नम्बर उपलब्ध गराइने र त्यहाँ कार्यरत सैनिकहरूको रगत समूहको आधारमा रगत दिन सैनिक परिचालन गरिने छ । ‘हन्टिङ नम्बरमा फोन गरेर आवश्यक रगत समूह भनेपछि अन द स्पट सैनिक पठाएर टेष्ट गरेर रगत दिन्छौँ’–सहायकरथी पौड्यालले भने । सैनिकहरूको रक्त समूहको रेकर्डका आधारमा समूहका मानिस फेला पार्न सहज हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ब्यारेक नजिक हुनेहरूले ब्यारेकमै गएर पनि रगत पाउन सक्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *