बिरगंज । हालै तीब्र गतिमा बढ्दै गइरहेको कोरोना रोगको तेश्रो लहर ओमिक्रन भाइरस दिनहु बिरगंज लगायत देशका विभिन्न स्थानमा सन्क्रमितको संख्या वृद्धि हुँदै आएकोमा बिरगंज नगरका बासिन्दाहरुको लागि नेपाल रेडक्रस पर्सा जिल्ला शाखाद्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेस प्रसाद ढकाललाई ५००० थान मास्क हस्तान्तरण गरिएको छ ।
नेपाल रेडक्रस पर्सा शाखाका सभापती बिरेन्द्र राज कंडेल, मन्त्री शैलेन्द्र कुमार चौरसिया र कोषाध्यक्ष महन्थ प्रसाद यादवले प्रजिअलाई मास्क हस्तान्तरण गरिएको रातोपानालाइ रेडक्रस पर्साका राजन श्रीवास्तवले बताए ।
मास्क हस्तान्तरण गर्दै सभापति बिरेन्द्र राज कंडेलले बिगतको पहिलो र दोश्रो चरनको कोरोना कालमा रेडक्रस पर्सा शाखाले महानगर लगायत ग्रामीण क्षेत्रमा समेत गरेको कार्यलाइ यस पटक पनि निरंतरता दिइने र बासिन्दाहरुको मर्म बुझ्दै रेडक्रसबाट सक्दो सहयोग उपलब्ध हुने कुरा प्रजिअलाई प्रस्ट पार्नु भएको थियो ।
मास्क बुझ्दै प्रजिअ ढकालले मानवीय सेवा कार्यमा अग्रसर रहेको रेडक्रसले बिगतको लामो समय देखि नै देश लगायत बिदेशमा समेत गरेको उत्कृष्ट कार्यको जति प्रसंशा गरे कमै हुने र यस महामारिको समयमा समेत रेडक्रसको कार्यमा जिल्ला प्रशासन कार्यलयको समेत हातेमालो हुने कुरा राख्दै मास्क उपलब्ध गराएकोमा रेडक्रसलाइ धन्यवाद दिनु भएको श्रीवास्तवले जानकारी गराए ।
