Categories प्रदेश २ समाचार

यातायात कार्यालय वीरगंज बिचौलियाको अखडा, सेवाग्राही धाई रहदा नहुने काम बिचौलिया मार्फत धमाधम

वीरगंज । नारायणी यातयात व्यवस्था कार्यालय वीरगंज बिचौलियाको अखडा बनेको पाइएको छ । प्रत्यक्ष सेवाग्राही धाई रहदा काम नगरेका त्यहि कर्मचारीले बिचौलियाको माध्यमबाट सरल तरिकाले गरेको पाईएको छ ।

एकजना काठमाण्डौं बस्ने सेवाग्राहीले पटक पटक आफ्नो कारको लाईसेन्सको रिनिवल गराउन आउदा पनि यातायात कार्यालय वीरगंजका कर्मचारीले सर्भर बिग्रेको बहानाबाजी गर्दै टार्ने गर्दथे तर विचौलियालाई पैसा दिएर पठाउदा उनै कर्मचारीले रिनवल गरी दिएको ति सेवाग्राहीले नाम नबताउने सर्तमा बताएका छन ।

Advertisement

प्रत्यक्षदर्शि अनुसार  बिचौलियाहरुले आफनै हातले ढाटामा गाडिहरुको नामसारी, गाडिहरु को रिनवल जस्ता कार्यहरू गरी फाट का कर्मचारीसँग सहि गराउछन ।

Advertisement

नारायणी यातायात  ब्यबस्था कार्यालय वीरगंजका कर्मचारीहरु ले सेवा ग्राहीलाई बहाना बनाई दुख दिने गरेका छन तर बिचौलियाका माध्यमले पैसा लिएर त्यही काम गर्ने गरेका छन ।

सेवाग्राहीलाई सेवा प्रवाह गर्न कार्यालयको समयमा बस्ने कर्मचारीहरु बिचौलियामार्फत हुने कार्यलाई राति अबेर सम्म कार्यालयमा नै बसेर गर्ने हामीलाइ प्रमाण तथ्य फेला परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *