रातोपानाकर्मी
वीरगंज । दिनहु कोरोना संक्रमितको सख्या बढ्नुका साथै देशको विभिन्न जिल्लाहरुमा स्मार्ट लकडाउन समेत गर्ने तरखरमा रहेको छ। तर देशको मुख्य प्रवेशद्वार भएको वीरगंजमा रहेको देशमै सरकारी अस्पताल मध्यको एक नारायणी अस्पतालमा देखिएको यो दृश्यको जिम्मेवार आखिर लिने कसले ?

अस्पतालमा सोधपुछ गर्दा कोरोना रोगको भ्याक्सिन लिन आएको बताए तर यहाँ प्रस्न यो छ कि हामी भ्याक्सिन लगाएर सुरक्षित भएर घर जाने कि यहाँबाट कोरोना संक्रमीत भएर आफू लगायत आफ्नो घर परिवारलाइ समेत कोरोना रोग लगाउन जाने ?
एक ठाउमा २५ जना भन्दा बढी भेला नहुने, मास्कको अनिवार्य प्रयोग गर्ने लगायतको नेपाल सरकारले गरेको घोषणा र प्रटोकलको परिपालना हामी सबैले गर्ने र सरकारी निकायले त झन यसको कार्यवनयन गर्नुपरेकोमा यहा ठिक विपरीत दृश्य हेर्न पाइएको छ ।

एकै ठाउँमा भ्याक्सिन दिने, स्वाब लिने र रिपोर्ट दिने भएकोले पनी भिड थामन नसक्ने अवस्था उत्पन्न भईरहेको बुझिएको छ।
स्वास्थ संस्था अस्पतालको प्रशासन मौन कि जिम्मेवारी पूरा नगर्न सकेको प्रस्न जनमानसमा उठेको छ । साथै यहाँको भिडभाड व्यवस्थित गर्न स्थानीय प्रशासनको उतिकै जिम्मेवारी भएकोले यस बिषयमा गम्मभिर हुन देखिएको छ।
