बीरगन्ज । नेपाल निजामती कर्मचारी संगठन पर्साको अध्यक्षमा पुनः अमित गिरी चयन भएका छन् । जिल्ला समन्वय समिति पर्साको नजिकै रहेको नेपाल निजामती कर्मचारी संगठन पर्साको भवनमा सम्पन्न भएको संगठनको ११ औं जिल्ला अधिवेशनले गिरीको अध्यक्षतामा २१ सदस्यी जिल्ला कार्य समिति सर्वसहमत रुपमा चयन गरेको छ ।
संगठनको उपाध्यक्षमा संदिप कुमार पटेल,महिला उपाध्यक्षमा निशा दहाल,सचिवमा सुरेन्द्र प्रसाद यादव,सह–सचिवमा रामसुन्दर महतो,कोषाध्यक्षमा राजेश राम, सदस्यहरु बन्दना खतिवडा,टिकाराम वस्नेत,मन्जु कायस्थ लगायतका चयन भएका छन् । अधिवेशनले केन्द्रिय प्रतिनिधिहरु पनि सर्वसहम चयन गरेको छ ।
त्यसै गरी अधिवेशनबाट प्रदेश प्रतिनिधिहरुमा इन्दल प्रसाद चौरसिया,रतेन्द्र दास,बिजय कुमार झा, संजय पटेल लगायत गरी १० जना चयन भएका छन् । अधिवेशनको उद्घाटन नेपाल निजामती कर्मचारी अधिकारिक ट्रेड युनियनका अध्यक्ष भोला पोखरेलले उद्घाटन गरेका थिए ।
