Categories समाचार

पर्साको सुहपुरमा ९ कठ्ठामा लगाइएको अबैध गाँजा खेती नस्ट

Advertisement

वीरगंज । पर्सा प्रहरीले अभियानकै रुपना संचालन गरेको अबैध रुपमा लगाईएको गाँजा खेती फडानी तथा नस्ट प्रभावकारी रुपमा अगाडी बढदै छ ।

पछिल्लो दिनहरूमा भीत्री गाउँहरूमा कैयन बिघामा लुकिछिपी लगाइएको अबैध गाँजा खेती प्रति आक्रामक हुदै पर्सा प्रहरीले फडानी तथा नस्ट गर्दै आएको छ।

Advertisement

सोहि अभियान अन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिका वडा न: ४ को सोहरी र सुहपुर टोलमा लगाएको गाँजा ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीको प्रहरी टोलीले नस्ट गरेको छ।

Advertisement

ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको कमाण्डमा खटी गएको प्रहरी टोलीले सुहपुर टोलमा ९ कठ्ठामा लगाइएको लागू औषध पदार्थ गाँजा को ३००० बोट फडानी तथा नस्ट गरेको प्रहरी निरीक्षक थापाले जनाएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *