Categories प्रदेश २ समाचार

वीरगञ्जलाई प्रदेश राजधानी बनाउन विपक्ष दलका नेता सोनललाई ज्ञापनपत्र ।

Advertisement

पर्सा। वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै प्रदेश २ का विपक्ष दलका नेता जितेन्द्र सोनललाई  ज्ञापनपत्र बुझाइएको छ।

बारा जिल्लाको नौतन गण्डक स्थित मधेस आश्रममा आन्दोलनरत वीरगञ्जवासी द्वारा नेता सोनललाई ज्ञापनपत्र बुझाइएको हो।

Advertisement

ज्ञापनपत्र बुझाउदै युवा नेता राजेश मान सिंहले मधेश आन्दोलनको केन्द्र वीरगञ्जलाई नै प्रदेशको राजधानी बनाउनु पर्नेमा जोड दिए ।

Advertisement

बारा, रौतहट, सर्लाहीसम्मका प्रतिनिधिको आवाज पनि वीरगञ्ज नै राजधानी हुनु पर्छ भन्नेमा रहेको भन्दै उनले वीरगञ्जलाई राजधानी नबनाइए अझ शसक्त आन्दोलन गर्ने बताए । सिंहले आन्दोलनका बेला नेताहरुले गरेको बाचा भुलेकाले त्यसलाई फेरि झकझकाउन आफूहरु सडकमा आउनु परेको बताए ।

वीरगञ्जले प्रदेशको मुख्यमन्त्री पाएको भए पनि उनले अहिले वीरगञ्जलाई भुलेर जनकपुरलाई प्रदेश राजधानी बनाउन लागि परेको भन्दै समयमै मान्छे चिन्न सबैलाई आग्रह गरे ।

प्रदेश सभाको समयावधी सकिनै लाग्दा बल्ल प्रदेश सभाले नाम र राजधानी टुंगो लगाउन थालेको हो । २०७२ को ६ महिनासम्म चलेको मधेश आन्दोलनका बेला नेताहरुले वीरगञ्जलाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए ।

तर अहिले वीरगञ्जलाई उपेक्षा गर्दै प्रदेश राजधानी नबनाउने षड्यन्त्र गरेपछि यश क्षेत्रका नागरिक असन्तुष्ट बनेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *