Rato Pana
शिक्षा

बिरगंज स्थित ठाकुरराम क्याम्पसमा पहिलो पटक सूचना प्रबिधिको ४ बर्षे स्नातक अध्ययन सुरु हुने ।

पर्सा । बिरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अब सूचना प्रविधिको स्नातक तह ब्याच्लर इन टेक्नोलोजी (BIT) को अध्ययन सुरु हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको थियो ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस ठाकुराम बहुमुखी क्याम्पसलाई ब्याचलर इन टोक्नोलोजी (BIT) कार्यक्रम संचालन गर्न त्रिविले स्वीकृति दिएपछि ठाकुराम बहुमुखी क्याम्पसले अब छिट्टै सूचना प्रविधिमा स्नातक तहको अध्यापन शुरु गर्ने भएको छ ।

बिहीबार क्याम्पसको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि बिरगंजमा पहिलो पटक सरकारी क्याम्पसमा सूचना प्रविधिको विषयमा स्नातक तहको कार्यक्रम ल्याउन सफल भएको जानकारी दिएका थिए ।

क्याम्पस प्रमुख डा. उमेश प्रसाद चौरसियाले भौतिक पूर्वाधारले सम्पन्न ठाकुरराम बहुमुखी क्याम्पसमा यसअघि बीबीए सञ्चालन गरेर सफलता प्राप्त गरेको र यो पटक फेरी बीआईटी कार्यक्रम ल्याउन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाले बिरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको बारेमा बाहिर नकारात्मक सन्देशहरु प्रवाह भईरहेकोमा चिन्ता व्यक्त गर्दै अब हामि सबै मिलि यसलाई सुधार गर्दै लैजानु पर्नेमा जोड दिनु भयो ।

क्याम्पसले ल्याएको बीआईटी कार्यक्रमको व्यावहारिक पक्षको विषयमा जानकारी दिदै पूर्व सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले वीरगन्जका गरिब परिवारका छोराछोरीहरु बीबीए र बीआईटी विषयमा महंगो शुल्क तिरेर बिरगंज बाहिर पढ्न जानुपर्ने बाध्यता विस्तारै हट्दै जाने बताउनुभयो ।

पहिलो चरणमा बीबीए कार्यक्रम सफल शुरुवात भएको र बीआईटी कार्यक्रम पनि सफल हुने बताउनुभयो । उहाँले वीबीए कार्यक्रम संचालनपछि बिरगंजका धेरै विद्यार्थीहरु बाहिर जानुपर्ने बाध्यता हटेको र अब सूचना प्रविधिको विषयमा कार्यक्रम संचालनपछि बाध्यता हट्ने बताउनुभयो ।

बीआईटी कार्यक्रमको माघ ३ गतेदेखि अनलाईन मार्फत आवेदन फाराम खुला हुने र आवेदन फाराम भरेकाहरुले प्रवेश परिक्षा उत्तीर्ण भएपछि मात्रै पढ्न पाउनेछन् । कार्यक्रमको बारेमा प्रकाश पार्दै प्राध्यापक विजय कुश्वाहाले जुनसुकै विषयबाट प्लस टु गरेकाहरुले पनि सूचना प्रविधिको विषयमा अध्ययन गर्न पाउने बताउनुभयो ।

तर, यसको लागि गणित र अंग्रेजी विषयमा भने न्यूनतम सी ग्रेड ल्याउनुपर्ने हुन्छ । यो विषयले भविष्यमा सूचना प्रविधिमैत्री र पूर्ण डिजिटल प्रविधिको विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment