Categories समाचार

सुबिसुको वार्षिक उत्सवमा ३२ जनाद्वारा रक्तदान

Advertisement

राजन श्रीवास्तव
बिरगंज । सुबिसु इन्टरनेटको वार्षिकउत्सवमा सुबिसु इन्टरनेटको आयोजना र भोलेन्टियर समूह बिरगंजको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना बिरगंजको माइस्थान मन्दिर अगाडि रहेको पार्कमा सम्पन्न भएको छ । 

रक्तदान कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिकाको नगरप्रमुख बिजयकुमार सरावगीलाई कार्यक्रम ब्यवथापक सुमित खनालले खादा लगाइ स्वागत गर्नु भएको हो भने नगरप्रमुख सरावगिले रक्तदान गर्ने रक्तदाताहरुलाइ प्रमाणपत्र बितरण गर्दै रक्तदान महादान बारे सहभागीहरुमा प्रस्ट पार्नुका साथै रक्तदाता एवं आयोजकमा धन्यवाद एवं आभार ब्यक्त गर्नु भएको थियो ।

Advertisement

रक्तदान गर्नेमा सिखा कर्ण, स्नेहा दुबेदी, सुमित खनाल, आशिष् गुप्ता, बिनय कुमार, दिनेस चन्द्र गुप्ता, सतिस कुनार साह, कृष्ण कुमार सिह, दिपेन्द्र राम, गजेन्द्र महतो, सोनु सोनार, शनि कुमार, सन्दिप पटेल, मुन्निलाल साह तेलि, मिन्टु राउत, शेर साबुदिन हुसेन, महम्मद सहजाद हुसेन, उपेन्द्र प्रसाद साह, राहुल कानु लगायत ३२ जनाले रक्तदान गरेका छन ।

Advertisement

नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रका प्राबिधिक धिरेन्द्र झाको टोलिले प्राबिधिक सहयोग गरेका हुन भने भोलेन्टियर समुह बिरगंजका राजन श्रीवास्तव, किसन सरार्फ, बिक्की सरार्फले स्वयंसेवकको भुमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रम संचालन भोलेन्टियर समुह बिरगंजका संयोजक राजन श्रीवास्तवले गरेको कुरा किसन सरार्फले रातोपानालाइ जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *