Categories समाचार

वीरगञ्जलाई राजधानी बनाउन प्रजिअ ढकालमार्फत मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र पठाइयो ।

Advertisement

वीरगञ्ज ।  वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण पत्र पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाइएको हो । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का नेता राजेशमान सिँहको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी ढकालमार्फत मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र पठाइएको हो । 

Advertisement

पूर्व निर्धारित कार्यक्रमअनुसार मुख्यमन्त्री राउतको घर अगाडी शान्तिपुर्ण धर्ना दिने कार्यक्रम स्थगित गरेर ज्ञापन पत्र बुझाइएको लोसपा नेता सिँहले बताए । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भिडभाड तथा भेला गर्न नपाइने सरकारको आदेशबमोजिम धर्ना कार्यक्रम स्थगित गरिएको सिँहको भनाई छ । 

Advertisement

नेताहरु उमेशलाल सहनी, सुजित गीरी लगायतको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको हो । 

यसैबिच वीरगञ्जलाई राजधानी बनाउन माग गर्दै प्रतिपक्ष दलका प्रमुख जितेन्द्र सोनललाई पनि ज्ञापन पत्र बुझाइएको छ । नेकपा एमालेका नेतासहित अन्य पर्साबासीहरुले लोकतान्त्रीक समाजवादी पार्टी प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सोनललाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेकपा एमालेका नेता बिचारी यादव, जय प्रकाश थारु, प्रधुमन चौहान, बसरुदिन अन्सारी, शम्भु प्रसाद गुप्ता, प्रकाश यादव, प्रदीप साह, रामबाबु मण्डल, ममता गुप्ता, सुरेश गुप्ता लगायतले हस्ताक्षर गरेको विज्ञप्ती सोनललाई बुझाइएको हो ।

वीरगञ्जलाई राजधानी बनाउनका लागि बिपक्षी दलको नेताको नाताले पनि जोडदार रुपमा माग उठाउन उनीहरुले आग्रह गरेका छन् । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *