Categories समाचार

सम्पति र व्यवसायी कर छुटको माग गर्दै होटल व्यवसायीले बुझाए ज्ञापन पत्र

Advertisement

बीरगंज । कोरोना कालमा कुनै छुट नदिएको बीरगंज महानगरपालिकालाई होटल व्यवसायी संघ पर्साले ज्ञापनपत्र बुझाएको छ । शुक्रबार संघका अध्यक्ष दिपकमान श्रेष्ठ सहितको व्यवसायीहरुको टोलिले महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी लाई आफ्ना माग सहित ज्ञापनपत्र बुझाएको संघका महासचिव तबरेज आलमले बताए ।

आलमले देशभरका पालिकाहरुले होटल तथा पर्यटन व्यवसायीहरुलाई विभिन्न छुट तथा सुविधा दिए पनि बीरगंज महानगरपालिकाले अहिले सम्म यहाँका व्यवसायीहरुलाई कुनै प्रकारको छुट नदिनु दुखद भएको बताए ।

Advertisement

संघले महानगरपालिकाका प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ विश्व व्यापी महामारीको रुपमा विगत २ वर्ष देखि कोरोनाको व्ययापक असर होटल तथा पर्यटन क्षेलाई नेपाल सरकारले अति प्रभावित क्षेत्र घोषण गर्यो । नेपाल सकारको निति तथा कार्यक्रममा पर्यटन पुन स्थापन गर्नका लागि विभिन्न प्रकारको कर छुटको विषय घोषण गरियो । सो विषयलाई देशभरका पालिकाहरुले पर्यटन क्षेत्रलाई सम्पतिकर, व्यवसाय कर र विभिन्न करहरुमा शत प्रतिशत छुट् गर्यो।

Advertisement

देशको एक मात्र बीरगंज महानगरपालिकाले आफ्नो राजश्व निति ४३ मा उल्लेख गरेको होटल तथा पर्यटन व्यवसायी क्षेत्र बाहेक घोषणा गरेको सम्पूर्णलाई छुटको व्यवस्था गर्ने र होटल तथा पर्यटन व्यवसायलाई छुट दायरामा नल्याउने होटल व्यवसायी संघ पर्साको गम्भिर ध्यान आकर्षण भएको छ । सो नेपाल सरकारको निति तथा कार्यक्रम अनसुार होटल व्यवसायी संघ पर्साका सम्पूर्ण व्यवसायीहरुको सम्पति कर, व्यवसायी कर शतप्रतिशत छुटको व्यवस्था गर्न होटल व्यवसायी संघ पर्सा जोडदार माग गर्दछ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *