Categories समाचार स्वास्थ्य

सखुवाप्रसौनी गाउँपालिकामा नि:शुल्क अाँखा शिविर तथा स्वास्थ्य बिमा कार्यक्रम सम्पन्न

Advertisement

वीरगंज । सखुवाप्रसौनी गाउँपालिका स्थित वडा न. २ को श्री दिपनारायण आदर्श नमुना माध्यमिक बिधालय औराहा पंञचगावामा नि:शुल्क अाँखा शिविर तथा स्वास्थ्य बिमा कार्यक्रम  सम्पन्न भएको छ।

किरण अाँखा अस्पताल बिरगंज द्वारा र सखुवाप्रसौनी गाउँपालिकाकि उपाध्यक्ष श्री फुलमती देवी चौधरी र श्री दिपनारायण आदर्श नमुना माध्यमिक बिधालयको प्रधानध्यापक श्री शिवनाथ चौधरी थारुको अगुवाईमा नि:शुल्क अाँखा शिविर तथा स्वास्थ्य बिमा कार्यक्रम  सम्पन्न भएको हो ।

Advertisement

बिहान १०:०० बजे देखि साझ ५:०० बजे सम्म पुरुष ६७ र महिला ५७ जनाको अाँखा डा. सरिता सिंहले चेक जाच गरेका थिइन । १२४ जनाहरु मध्ये ८५ जनामा मोतियाबिन्दुको बिरामीहरु फेला परेको डा. सिंह बताएकि छिन् र मोतियाबिन्दु भएका बिरामीहरुलाई अप्रेशन गराउन समेत सल्लाह सुझाव दिएकि छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *