Categories समाचार

लोसपा वीरगञ्ज महानगर कमिटीको पार्टी प्रवेश तथा युवा भेला भव्यताका साथ सम्पन्न

Advertisement

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को वीरगञ्ज महानगर कार्यसमितीले आयोजना गरेको पार्टी प्रवेश तथा युवा भेला भव्यताका साथ आज ओम पार्टी प्यालेसको सभा हलमा समपन्न गरेको छ ।

नगर अध्यक्षय ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश तथा युवा भेला कार्यक्रमको सम्बोधन गर्दै सरार्फले वीरगञ्ज औद्योगीक कोरीडोरको उद्योगहरुमा स्थानिय युवाहरुको रोजगारीको सुनिश्चिताको लागी आन्दोलन गर्ने उद्धघोष गरेका छन ।साथै युवाहरु अबसमाजिक कार्यकर्ताको रुपमा समाज सेवा गर्र्नु पर्नेमा जोड दिएका छन ।

Advertisement

पार्टी प्रवेश तथा युवा भेलामा विभिन्न क्षेत्रका दुई साय यूवा नेता कार्यकर्ता युवाहरु आज लोकतान्त्रिक समाजवादी नेपालमा पार्टी प्रवेश गरेका थिए । भेलाले राहुल शर्मालाई नगरको युवा अध्यक्ष र अन्जना गुप्तालाई महिलाको अध्यक्षमा चयन गरेको थियो ।

Advertisement

पार्टी प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई लोसपा जिल्ला अध्यक्ष पुरुषेतमलाल झा, नेताहरु रम्भा मिश्र, कृष्ण पटेल लगायतले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को वीरगञ्ज महानगर कार्यसमितीले आयोजनामा सम्पन्न पार्टी प्रवेश तथा युवा भेला कार्यक्रममा जिल्ला सद्स्य शिवसंकर दिवेदी, नगर उपा अध्यक्ष हरेन्द्र पटेल (बाबा), शेखफिरोज, बेदामि प्रसाद, सह सचिवरेखा सोनि, लगायत सद्स्यहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजिकरण नगर सचिव विकाश चौधरीले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *