वीरगन्ज। जाडोबाट बचाउन र न्यानो कपडा किन्न नसक्नेलाई कम्बल वितरण गरिएको पहिलो पाइला नेपाल वीरगन्ज शाखाका अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिए।
हातहातै कम्बल पाएपछि स्थानीय निकै खुसी भएका थिए। विभिन्न देशमा शाखा रहेको उक्त संस्थाले गरिब तथा न्यून आय भएका जनतालाई सामाजिक सेवाभावले सहयोग गर्दै आएको अध्यक्ष प्रजापतिले बताए।
प्रतिव्यक्ति एउटा कम्बल र न्यानो सल वितरण गरिएको छ । जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको संस्थाका सदस्य चितरंजन प्रजापति बताउँछन् ।
वीरगन्जको घण्टाघर,नेशनल मेडिकल कलेज , नारायणी अस्पताल ,छपकैया,शंकराचार्य द्वार, श्रीपुर, बसपार्क, भन्सार, बाइपास रोड, प्रतिमा चौक, लक्ष्मण लगायतका क्षेत्रमा गएर कम्बल वितरण गरिएको अध्यक्ष प्रजापतिले जानकारी दिए।
सो कार्यक्रमा पहिलो पाइला नेपाल वीरगन्ज शाखाका बरिष्ठ उपाध्यक्ष मधु प्रजापति उपाध्यक्ष सानु गुप्ता ,नबिल समानी , चितरंजन प्रजापति , सुमित गुप्ता ,मो जियाउल , रोहित गुप्ता , शेखर अग्रवाल, इरशाद अन्सारी, भक्ति अग्रवाल र अन्य सदस्यहरू उपस्थित थिए ।







