Categories राजनीति समाचार

प्रदेश_ २ : नाम मधेस, राजधानी जनकपुर

Advertisement

जनकपुर: प्रदेश २ को नाम मधेस हुने भएको छ। सोमबार बसेकोफ प्रदेश सभाको बैठकले मधेस प्रदेश प्रस्ताव दुई तिहाइबाट पारित गरेको छ। प्रदेश सभाको बैठकमा सहभागी ९९ मतमध्ये ८० जनाले मधेस प्रदेशको पक्षमा मतदान गरेका थिए।

उक्त प्रस्तावका लागि माओवादी र एमालेलेसमेत समर्थन गरेका थिए। कांग्रेस भने विपक्षमा रहेका थिए। यसअघि ७८ मतसहित प्रदेश २ को राजधानी जनकपुर तोकिएको थियो। अब प्रदेश २ को स्थायी राजधानी जनकपुर र नाम मधेस भएको छ।  

Advertisement

प्रदेश नामाकरणका लागि चारवटा प्रस्ताव तोकिएको थियो। जसमा मधेस प्रदेशका प्रस्तावक शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह थिए। जानकी प्रदेशको प्रस्तावक प्रमोद कुमार यादव र मिथिला भोजपुराका प्रस्तावक शिवचन्द्र चौधरी रहेका थिए भने मध्य मधेश प्रदेशको प्रस्तावक राजेश्वर प्रसाद शाह थिए। 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *