Categories राजनीति समाचार

राजधानी घोषणा भएपछि मुख्यमन्त्री राउतको पुत्ला जलाइयो

Advertisement

वीरगञ्ज । प्रदेश २ को राजधानी जनकपुरधाम घोषणा भएपछि गृह जिल्ला पर्सामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाइएको छ ।

मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनीविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका हुन् ।

आक्रोशित युवाहरुले वीरगञ्जको घण्टाघरमा “मुख्यमन्त्री लालबाबु मुर्दाबाद्”, “मुख्यमन्त्री चाहिँदैन, वीरगञ्ज बेच्न पाइदैन” लगायत नारा लगाउँदै उनको पुत्ला जलाएका छन् ।पुत्ला जलाउन पुगेका युवा र रोक्न गएका प्रहरी बीच केहि समय तनाव पनि भएको थियो ।

Advertisement

युवाहरुका अनुसार मुख्यमन्त्री राउत वीरगञ्जको स्थानीय हुँदाहुँदै पनि उनले यसलाई राजधानी बनाउन कुनै पहल नगरेको र उल्टै जनकपुरको पक्षमा उभिएका थिए ।

Advertisement

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका निवासी राउत पर्सा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट निर्वाचित भएका छन् ।

पछिल्लो लामो समयदेखि राजधानी वीरगञ्ज की जनकपुर विषयमा चर्चा चलिरहेको बेला उनले यस विषयमा केहि बोलेका थिएनन् । यद्दपी युवाहरुका अनुसार उनले भित्रभित्रै आफ्नो पद जोगाउनका लागि जनकपुरलाई राजधानी बनाउन पार्टीका नेतासँग सहमति जनाएका थिए ।

सोमबार जनकपुरस्थित प्रदेशसभाबाट दुई तिहाईको बहुमतले प्रदेशको राजधानी जनकपुरधाम र नाम मधेस पारित भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *