Categories समाचार

वीरगंज महानगरमा आम संचार ऐन २०७८ जारी

Advertisement

सो ऐन कार्यान्वयनका सन्दर्भमा आज वीरगंजको होटल मकालुमा भएको सरोकारवालाको छलफल कार्यक्रममा वीरगंज महानगरपालिकाले ल्याएको आमसंचार ऐन संचार मैत्री भएको भन्दै सहभागी संचारकर्मी र पत्रकार महासंघका अग्रजहरुले यसको प्रशंसा गरेका थिए । स्थानीय तह आमसंचार ऐन अरु पालिकाको लागि अनुकरणीय हुने छ । यो ऐ्न ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वीरगंज महानगरपालिका प्रमुख आदरणीय विजय कुमार सरावगी, कार्यपालिकाका सदस्यज्यूहरु र ऐन निर्माणमा महत्वपूर्ण योगदानु दिनु हुने नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष आदरणीय गोविन्द आचार्यज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु ।

वीरगंज महानगरपालिकाले महानगरपालिका भित्र संचालनमा रहेका संचार माध्यमको प्रवद्र्धन गर्न, लोककल्याणकारी विज्ञापनलाई स्थानीय संचार माध्यममा समानुपातिक रुपमा वितरण गर्न, श्रमजीवी पत्रकारको दक्षता अभिवृद्धि र संचार माध्यमको संस्थागत विकासमा ठोस योगदान दिनेगरी संचार माध्यमको प्रवद्र्धन तथा विकास कोषको स्थापना गर्ने, पत्रकारितालाई मात्र पेशा वनाएर काम गर्दे आउनु भएका ६० बर्ष माथिका जेष्ठ पत्रकारको लागि पेन्सन कोषको स्थापना गर्ने, विपत्तिबाट अप्ठारोमा परेका संचार माध्यमलाई क्षती भएको सामान खरिदका लागि निश्चित अवधी सम्मका लागि सापटी रकम उपलब्ध गराउने गरी छुट्टै विपत्त राहत कोष स्थापना गर्ने, पत्रकारको लेखन बृत्तिका लागि फेलोसिप र पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने दुई जना (महिला र पुरुष) पत्रकारलाई हरेक बर्ष छात्रावृत्ति दिने लगायतका नीति सहित वीरगंज महानगरपालिका आमसंचार ऐन २०७८ जारी गरेको छ ।

Advertisement

गत वर्ष देखि स्थानीय संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा वितरण गरी संचार मैत्री स्थानीय तहको रुपमा काम गरेको वीरगंज महानगरपालिकाले नेपाल मै पहिलो पटक स्थानीय तहले आम संचार ऐन जारी गरेर स्थानीय संचार माध्यमलाई सुविधा दिन सफल भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *