Categories राजनीति समाचार

वीरगंजलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने

Advertisement

वीरगंज । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगंजलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । बुधबार बिहान वीरगंजमा बसेको चार राजनितिक दलको संयुक्त बैठकले वीरगंजलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो । 

नगर सभा गृहमा बसेकाे बैठकमा नेपाली कांग्रेसका वीरगंज महानगर अध्यक्ष भोला कलवार, लाेसपाका नेता राजेशमान सिंह, मुकेश द्विवेदी, नेकपा एमाले वीरगंज महानगरका सचिव सुन्दर कुर्मी, नेकपा एस महानगरका अध्यक्ष मनोज चौधरी, सचिव वृजलाल पासवान, अधिवक्ता पानालाल गुप्ता लगायतकाे बैठकलले वीरगंज राजधानी बनाउनका लागि संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेकाे लोसपाका नेता सुजित गीरिले जानकारी दिए । 

Advertisement

बैठकमा वीरगंज प्रदेशको राजधानी बनाउनका लागी विभिन्न आन्दोलनको कार्यक्रम तय गर्ने र ५ बजे घण्टाघर चोकमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने निर्णय भएको गिरीले बताए । सोमबार जनकपुरलाई राजधानी बनाउने प्रस्ताव पारित भएपछि पर्सामा मुख्यमन्त्री लालबाबु राउतको लगातार पुत्ला दहन हुँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *