Categories समाचार स्वास्थ्य

खोप लगाएको कार्ड हराएमा के गर्ने ?

Advertisement

काठमाडौं : यदि तपाई कोरोनाविरुद्धको खोप लगाएको कार्ड हराएर चिन्तित हुनुहुन्छ। अब चिन्ता नगर्नुहोस्। तपाईंले खोप लगाएको कार्ड फेरि पनि बनाउन सक्नुहुन्छ। त्यसका लागि पहिला जुन केन्द्रमा खोप लगाएको हो सोही केन्द्र वा स्वास्थ्य शाखामा गएर खोप कार्डको प्रतिलिपि बनाउन सक्नुहुन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना-१९ विरुद्धको खोप कार्ड हराएमा खोप लगाएको खोप केन्द्र वा स्वास्थ्य संस्था भएको पालिकाबाट प्रतिलिपि निकाल्न सकिने जनाएको छ।  मन्त्रालयका अनुसार दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने सकिन्छ। यस्तै, जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ।

Advertisement

यदि पहिलो मात्रा लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट सो कार्डको प्रतिलिपि लिन सकिन्छ। बढ्दो कोरोना संक्रमणका कारण नेपालमा सरकारले २०७८ माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ।

Advertisement

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनदेखिसँगै कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न सूचना जारी गर्दै आएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *