Categories अर्थ समाचार

भन्सार छली ल्याएको सामान सहित छपकैयाका आलम पक्राउ ।

Advertisement

वीरगञ्ज । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा हार्डवेयर पार्टसहरू लोड गरी काठमाण्डौ लग्दै गरेको सूचना प्राप्त भएपछी एक जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।१०।०४ गते अ.२१:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित माईस्थान सडकखण्डमा प्र.२-०३-००१ ख ३६८९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टसहरू फेला परेपछि पक्राउ गरेको हो ।

Advertisement

उक्त ट्रक तथा चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२ छप्कैया बस्ने वर्ष ३२ को रौफ आलमलाई नियन्त्रणमा लिई रू.५०,००,०००।–(पचास लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज मिति २०७८।१०।०५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *