Categories राजनीति समाचार

भोजपुरीया प्रदेश र बीरगंज राजधानीकालागि बन्यो संघर्ष समिति

Advertisement

बीरगंज । सभाले प्रदेशको नाम “मधेश” र राजधानी जनकपुर हुने टुङ्गो लगाएपछि त्यसले मधेश प्रदेशको पश्चिमी क्षेत्रमा आक्रोश पैदा गरेको छ । त्यो आक्रोशलाई संस्थागत बिद्रोहमा रुपान्तरण गर्ने गरि तयारी शुरु गरिएको छ ।

बीरगंजलाई राजधानी नवनाइएकोमा बिरोधमा आन्दोलनलाई निरन्तरता दिने बीरगंजमा बुधवार सम्पन्न सर्वपक्षीय  भेलाले निर्णय गरेको छ । 
भेलामा पर्साबाट प्रदेश सभामा नेतृत्व गर्ने प्रदेशसभा सदस्यहरु प्रहलाद गिरी, शंकर चौधरी,राजेश्वर साह तेली, भिमा यादव, राघीनी वरनवाल, रमेश कुर्मी, जन्नत अन्सारी, मन्जुर अन्सारी, पारस साह तेली करिमा बेगम लगायतको सहभागिता रहेको थियो ।

Advertisement

भेलाले बीरगंजलाई राजधानी बनाउनकालागि संचालन गरिने लोकातान्त्रिक बिद्रोहमा सबैको सहभागिताकोलागि सबै पेशागत तह र तप्काका नागरिकको सहभागिताकोलागि नेपाल बार एशोसिएशन पर्साका पूर्व अध्यक्ष पन्नालाल गुप्ता तथा बर्तमान अध्यक्ष ओमप्रकाश गुप्तालाई संयोजनको जिम्मेवारी दिएको छ ।

Advertisement

आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिदै जाने निर्णय भएपनि आन्दोलनका कार्यक्रम भने घोषणा गरिएको छैन । 
सवपक्षीय भेलाले बीरगंजलाई मधेश प्रदेशको राजधानी बनाउनकालागि प्रदेश सभामा बहस पैरवी र माँग गर्ने प्रदेश सभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । 

बैठकमा नेकपा एमालेका नेताहरु सुन्दर कुर्मी। शम्भू गुप्ता, नेपाली कांग्रेसका पर्सा अध्यक्ष अजय कुमार द्विवेदी, नगर सभापति भोला कलवार, बिजय सर्राफ,बीरेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका मुस्तकिम अन्सारी, मुकेश द्विवेदी,महानगर अध्यक्ष ओमप्रकाश सर्राफ, शशी पाण्डे, फणिन्द्र चौहान,जनता समाजवादी पार्टीका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव,नेकपा एकिकृत समाजवादीका शंकर कुमार कर्ण लगायतका नेताहरुको सहभागिता रहेको थियो । पन्नालाल गुप्ताको अध्यक्षतामा भएको भेलाले भोजपुरीया प्रदेश र बीरगंजलाई राजधानी बनाउने कुराको उद्धघोष गरेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *