Categories समाचार स्वास्थ्य

ओमिक्रोनसँग मिल्दोजुल्दो लक्ष्ण देखिएपछि लाइसेन्स शाखाको सेवा बन्द । 

Advertisement

वीरगञ्ज ।  कर्मचारीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग मिल्दोजुल्दो लक्ष्ण देखिएपछि यातायात व्यवस्था कार्यालय पर्सा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) शाखाले सेवा बन्द गरेको छ । 

शुक्रवार (भोली) देखि एक सातासम्मका लागि नविकरण, प्रतिलिपि, कार्ड वितरण र कार्यालयको आन्तरिक काम वाहेकका सम्पुर्ण सेवा बन्द गरिएको कार्यालयले बिहिवार जारी गरेको सूचनामा उल्लेख छ । 

Advertisement

कोरोना भाइरसको संक्रमण दरपनि बढिरहेको अवस्थालाई मध्यनजर गर्दै माघ ७  गते शुक्रबार (भोलि) देखि माघ १४ गतेसम्मका लागि सेवा बन्द गरिएको लाइसेन्स शाखाका प्रमुख सुशिल साहले बताए । 

Advertisement

लाइसेन्सको लिखित एवम् ट्राइलसँगै अन्य काम पनि एक सातासम्म हुने छैनन् । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *