Categories समाचार

हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध आन्दोलन घोषणा ।

Advertisement

वीरगंज । आज नेपाल पत्रकार महासघं पर्सा को सभाहल मा पत्रकार समेलन गर्दै ने बि संघ ठकुर राम इकाई समिति का अध्यक्ष मनोज साह ले ससक्त रुप मा आन्दोलन को घोषणा गरेका छन।

उनले यश अघि ३ दिन को समय दिएको तथ त्यो समय पूरा भएको ले ७ बुदे माग राखी आन्दोलन को घोषणा गरेको जनाएका छन। उनले निम्नलिखित आन्दोलन को घोषणा गरेको जनाएका छन। शुक्रवार हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना दिइने कार्यक्रम छ ।

Advertisement

यस्तै ९ गते आइतवार सञ्चालक समितीका सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने र छलफल गर्ने, १० गते पर्सा जिल्लाका पार्टी सभापतिहरुलाई ज्ञापन पत्र बुझाउने, ११ गते घण्टाघरमा हस्ताक्षर अभियान सञ्चालन गर्ने र १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत दबाबमुलक म्यासेज पठाउने र अन्तिममा शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको संघका ईकाई अध्यक्ष साहले बताए ।

Advertisement

उक्त पत्रकार सम्मेलनमा ने.वि.संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,सुधान्सु चौरसिया,राहुल चौरसिया लगायत सहभागी थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *