Categories समाचार

वीरगञ्जमा बसको ठक्करबाट एकको मृत्यु, चालक पक्राउ

Advertisement

वीरगञ्ज । वीरगञ्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरी अगाडी बाईपास सडक खण्डमा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका थिए ।

Advertisement

बा.४ ख ७३९० नम्बरको बसले ना.१४ प ८१०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी ६० वर्षीय समशुल मियाँ गम्भिर घाइते भएका थिए ।

Advertisement

प्रभु हस्पिटलमा उपचारको क्रममा मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ गीतानगरका ३२ वर्षीय सुरेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *