Categories समाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध वीरगञ्जमा प्रधानमन्त्री देउवाको पुत्ला दहन

Advertisement

वीरगञ्ज । वीरगञ्जमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरिएको छ । पेट्रलियम पदार्थमा भएको मूल्य वृद्धिको विरुद्धमा अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।

वीरगञ्जको माईस्थान चोकमा भेला भएका ओबिासीका नेता कार्यकर्ताहरुले मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्नुको साथै सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सरकारलाई नालायक, निकम्मा, जनता माराको संज्ञा दिँदै मुर्दावादको नारा लगाएका थिए ।

Advertisement

प्रदर्शनकारीले गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएर विवादमा रहेकी मन्त्री रेणु यादवको पद खारेज गर्नुपर्ने माग समेत राखेका छन् । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा आधा घण्टा प्रदर्शन गरेपछि पुत्ला दहन गरिएको हो । प्रदर्शनमा ओबिसी महासंघका केन्द्रिय अध्यक्ष तेज प्रकाश निषाद, उपाध्यक्ष अकलेश साह, सहसचिव धनराज गुप्ता केन्द्रीय सदस्य राजेस सहनी, शंकर यादब, जिल्ला अध्यक्ष प्रमोद महतो, उपाध्यक्ष अरुण कुशवाहा, सचिव भगवानलाल पटेल, रामकुमार पटेल धनजय गुप्ता, भोला यादब, कृष्ण कुशवाहा लगायतको उपस्थिती रहेको संघका सदस्य नितेश बर्णवालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *