Categories प्रदेश २ समाचार

राजधानीको माग गर्दै बीरगन्जमा मोटरसाइकल रैली

Advertisement

बीरगन्ज । बीरगन्जका सयुँक्त युवा विद्यार्थी संगठनले आज मोटरसाइकल रैली निकालेका छन् । बीरगन्ज राजधानी नभएको आक्रोशमा रैली निकालेका हुन ।

लोसपाका युवा नेता राजु गुप्ताको अध्यक्षतामा आज सातौ दिन बीरगन्जको घन्टाघर जम्मा भई घन्टाघर देखी मोटरसाइकल रैली गर्दै मुर्ली चौकमा कोणसभामा परिणत गरिएको थियो ।

Advertisement

मोटरसाइकल रैलीमा सहभागी विद्यार्थी नेताहरुले ‘मुख्यमन्त्री मुर्दावाद, विद्यायकहरु मुर्दावाद, वीरगन्जलाई राजधानी कायम गर’ लगायतका नारा लगाएर आक्रोश पोखेका थिए ।

Advertisement

प्रदर्शनमा नेविसंघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, अरुण यादव, लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) पर्साका उपाध्यक्ष सुजित गिरी, अनेरास्ववियु ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटी अध्यक्ष आशिफ अहमद, अखिल क्रान्तिकारी वीरगञ्ज महानगर सचिव मिरोज अहमद, माहादेव कुर्मी, अली हसन , अमीत यादव, सागीर अली लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *