बिरगंज । बिरगंज माहनगरपालिकाले कोभिढ प्रभाबित अन्य क्षेत्रलाई झै होटल तथा पर्यटन क्षेत्रलाई पनि सम्पतीकरमा ५०% छुट दिने घोषणा गरेको छ ।
कोभिडबाट सबै भन्दा प्रभाबित होटल तथा पर्यटन क्षेत्रलाई केन्द्र सरकारले समेत यस अघि नै अति प्रभाबित ब्यबसायको सुचिमा वर्गीकरण गरि सकेको छ । यहाका होटल तथा पर्यटन क्षेत्रको प्रतिनिधि मुलक सस्था होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजले यस अघि नगर परिषद हुनु पुर्ब नै बिरगंज माहानगरमा ज्ञापनपत्र समेत दिएर आफ्ना समस्याहरुलाई माहानगरको नीति तथा कार्यक्रममा पार्न लगाएको थियो ।
तर पछि नगरपरिषदको निर्णय आउदा अन्य क्षेत्र समेटिए पनि होटल तथा पर्यटन शब्द छुटेकोले होटलहरुले कुनै सुबिधा पाएका थिएन । यसै विषयलाई लिएर आज होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको प्रतिनिधि मन्डलले महानगर प्रमुख समक्ष आफ्ना समस्याहरुको गम्भीर ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझाउदै अध्यक्ष पन्तले महानगरले कोभिढ प्राभाबित अन्य ब्यबसायलाई सम्पतीकरमा ५०% छुट दिदा होटल तथा पर्यटन क्षेत्रलाई यदि यो सुभिधाबाट बन्चित गरिए होटल तथा पर्यटन क्षेत्रलाई ठुलो अन्याय हुने भन्दै आफ्ना समस्याहरु नगरप्रमुख समक्ष राखेका थिए ।
होटल तथा पर्यटन ब्यबसायीहरु तथा मिडियाकर्मीहरुको समस्या सुनिसकेपछि नगर प्रमुख बिजय कुमार सरावगीले होटल ब्यबसायीहरु को समस्या जाएज भएकोले समस्याको सम्बोधन गरिने बताउनु भयो ।







