Categories विदेश समाचार

कोरोनाका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको विवाह स्थगित

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन संक्रमणका कारण आफ्नो विवाह स्थगित गरेको जानकारी दिएकी छन्।

उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी छन्।

Advertisement

विवाह, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रमले ठूलो भीड हुने भएकाले हाललाई त्यस्ता कार्यक्रम स्थगित गर्न आर्डरनले सुझाव समेत दिएकी छन्।

Advertisement

यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *