Categories समाचार

पर्सा प्रहरीद्वारा हत्या काण्डमा पाँच जना पक्राऊ ।

बिरगंज । पर्सा प्रहरीले अपहरण तथा कर्तब्य ज्यान मुदामा संग्लन पाँच जाना आरोपितलाई पक्राऊ गरेको छ । मिति २०७८/०९/२३ गतेका दिन दिउॅंसो ४ बजेको समयमा पर्साको जगरनाथपुर गाऊपालिका वडा नम्बर ६ स्थित उखु बारिको खेतमा सोहि गाऊँका नागेसर प्रसाद कुर्मिको छोरा बर्ष १२ को मंटू प्रसाद कुर्मीको घाटी थिची कर्तब्य गरी मारी फालेको अवस्थामा शव फेला परेको घटनाको अनुसंधानको सिलसिलामा पिडितबाट प्राप्त किटानी जाहेरी दरखास्त तथा सो सम्बन्धमा हालसम्म खुलन आएका तथ्यहरुको आधारमा ईलाका प्रहरी कार्यायल पोखारियाका प्रहरी निरीक्षक दीपक थापाको  नेतृत्वमा गएको प्रहरी टोलीले पाँच जानालाई पक्राऊ गरेको छ ।

पर्सा जिल्ला जगरनाथपुर गाऊपालिका वडा न ६ बस्ने बर्ष ६४ को गोबारी राउत अहिर , सोहि ठाऊ बस्ने बर्ष ५५ को नग राउत अहिर , सोहि ठाऊ बस्ने बर्ष ३२ को शत्रुधन प्रसाद यादव , सोहि ठाऊ बस्ने बर्ष ३० को मनमोहन प्रसाद यादव , सोहि ठाऊ बस्ने बर्ष २५ को रोहन प्रसाद यादवलाई पर्सा जिल्लाको छिपहरमाई गाऊपालिका वडा नम्बर ६ भिस्वा स्थित नेपाल भारत सीमाबाट  मिति २०७८/१०/८ गते पर्सा प्रहरीले पक्राऊ गरेको थियो ।

Advertisement

पक्राऊ गरिएका पाचैजानालाई अपहरण तथा कर्तब्य ज्यान मुदामा सम्मानित पर्सा जिल्ला अदालतबाट आज ७ दिनको म्याद थप गराई अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *