Categories समाचार स्वास्थ्य

वीरगन्ज ५० प्रतिशत ओमिक्रोनको चपेटामा : डा. सिंह (अन्तरवार्ता सहित)

Advertisement

श्याम सर्राफ

पर्सा । वीरगन्ज ५० प्रतिशत ओमिक्रोनको चपेटामा रहेको नारायणी अस्पतालका कोभिड १९ का संयोजक डाक्टर उदयनारायण सिंहले बताएका छन।

Advertisement

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण वीरगन्जमा बढ्न सक्ने चेतावनी समेत डाक्टर सिंहले दिएका छन । खुल्ला सिमा नाका रहेकोले सुरक्षाका मापदण्ड समयमै पालना गरिएन भने कोरोना भाइरसको नया भेरिएन्ट ओमिक्रोनबाट पुरै वीरगन्ज संक्रमित हुन सक्ने आशंका समेत गरेका छन ।

Advertisement

रातोपाना न्यूज नेटवर्क द्वारा संचालित रातोपाना अनलाईन न्यूज पोर्टल तथा हाम्रो प्रदेश टिभी को युट्युब चैनलको लागी तैयार पारिएको भोजपुरी कार्यक्रम “बतकही” को पहिलो शृख्लामा अतिथि रहनु भएका नारायणी अस्पतालका प्रवक्ता तथा काेभिड संयाेजक डा. सिंहले कार्यक्रममा कुराकानी गर्दै भने “सर्वसधारणले जती सजिलै नंया भेरिएन्टलाई बुझिरहेका छन यदी हामी समयमै सुरक्षाका सबै मापदण्ड अपनाएनौ भने पहिलाे र दाेस्राे चरणको भन्दा पनि अवस्था हामीले सोचे भन्दा फरक र जटिल हुन सक्ने बताए।”

ओमिक्रोन संक्रमणको गति डेल्टा भेरिएन्टको वृद्धिदर भन्दा उच्च भएको जनाइएको छ । यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ संक्रमणका आधारमा गरिएको हो । तर अन्य भेरिएन्टको तुल्नामा मृत्युदर कम रहेको सिंहले बताए ।

‘सन् २०२१ को अन्त्यसम्म सबै देशले खेपिरहेको डेल्टा भेरिएन्टको लहरमा थपिएको ओमिक्रोन भेरिएन्टले पश्चिमबाट पूर्वतिर फैलिरहेको आँधीको प्रतिनिधित्व गर्ने अनुमान गरिएकोमा कोभिड १९ को नंया भेरिएन्ट ओमिक्रोनसंग लड्न र बच्न सबै जनाले खोप लगाउने, मास्क प्रयोग लगायतका मापदण्ड पाल्ना गर्न कार्यक्रम “बतकही” मार्फत अनुरोध गर्नु भएको थियो ।

https://fb.watch/aKcx63d3Nb/

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *