Categories राजनीति

राष्ट्रियसभा निर्वाचन : मधेसमा एमालेलाई लोसपाले सघाउने

Advertisement

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सहकार्य गर्ने भएका छन् । एमाले र लोसपाबीचको यो सहकार्य राष्ट्रियसभा निर्वाचनका लागि मात्र नभई पछिसम्म पनि रहने सङ्केत देखिएको छ ।

केपी ओली प्रधानमन्त्री भएका बेला एमाले तथा तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षबीच सम्बन्ध राम्रो थियो ।

Advertisement

ठाकुर र महतोले ओलीलाई सहयोग गरेको विषयलाई लिएर जसपामा विवाद भयो । जसपाका ठाकुर, महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेता पार्टी फुटाउन तर भए तर उनीहरू ओलीसँगको सम्बन्ध टुटाउन तयार भएनन् ।

Advertisement

जसपाबाट अलग भएर ठाकुर महतोलगायतले लोसपा गठन गरे । ओली प्रधानमन्त्रीबाट हटेपछि पनि ठाकुर महतोलगायतका नेताले उनीसँगको सम्बन्ध कायमै राखे ।

बेला बेलामा ओलीलाई भेट्न ठाकुर, महतोलगायत नेता बालकोट पुगिरहन्छन् ।

यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *