सरकारी फार्मेसी – कहि वर्दान कहि अभीश्राप, नारायणीको फार्मेसी सर्वसधारणलाई सताउदै
वीरगञ्ज । नेपालका अन्य सरकारी अस्पतालको मुख्य आम्दानी स्राेत बनेकाे स्वास्थ्य बीमा कार्यक्रम नारायणी अस्पतालको लागी अभीश्राप बन्दै गएको छ। नारायणी अस्पतालको फार्मेसीले गर्दा दिनहु सर्वसधारणलाई समस्या भोग्नु परिरहेको छ।
बिरामीलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि दिन नारायणी अस्पताल परिसरमा सञ्चालन गरिएको फार्मेसीले सर्वसाधारणलाई राहत दिनुको सट्टा आहत गराइरहेकाे छ । अस्पतालका डाक्टरले लेखिदिने धेरैजसो औषधि त्यहींको फार्मेसीमा हुँदैन्, निजी फार्मेसीमा चार गुणासम्म बढी मूल्य तिरेर औषधि किन्न सर्वसाधारण बाध्य भएका छन् ।

मुख्यता औषधि र अन्य लैब जाँचमा सहज उपलब्धता नभएकोले भइरहेको समस्याका कारण ओपिडि चेकजांच गर्ने अधिकांश डाक्टरहरू आफुले उपचार गर्ने नियमित बिरामीलाई पनी प्रिसकिप्सन मार्फत अन्त रेफर गरेको देखिन्छ । यो एक दुई दिनकाे वा एक दुई दिनका लागी उत्पन्न भएको समस्या होईन यो त कयौ महिना देखी चल्दै आएको दैनिकी समस्य बनिसकेको छ। एक डाक्टरले राताेपानासंग कुरा गर्दै भने हामी डाक्टर बाट रेफरबहादुर भईसकेको बताए बिरामीलाई यहाँ औषधि नपाउदा अन्यत्र रेफर गर्दा हामीले उपचार गर्न सकेनौ भनेर हामी माथी पनी औला उठ्न सक्ने समेत बताउनु भयो ।

वीरगञ्ज वडा नम्बर २४ निवसी फिराेज अंसारी भन्छन “बिमाकाे औषधि लिन आएकाे तर नारायणी अस्पतालमा नपाएक कारण यहाँ बाट मेडिकल कलेज गएर लिनु परेकाे छ । नारायणी बाट मेडिकल कलेजमा पनि औषधि लिन फेरि कागजातकाे प्रक्रिया गर्नु पर्ने बताए ।”

स्वास्थ बिमाकाे औषधि लिन ३ महिना देखि नारायणी अस्पताल धाई रहदा समेत औषधि नपाएकाे गुनासाे पाेखिन छपकैया निवासी साेभरा खातुन । नारायणी अस्पतालमा औषधि लिन आउँदा मेडिकल जान भन्छ खातुनले बताईन ।
त्यस्तै वीरगञ्ज रानिघाट निवासी बिरेन्द्र साहले
नारायणी अस्पतालमा स्वास्थ बिमाकाे औषधि लिन आउँदा एउटा दुईवटा औषधि दिएर मेडिकल जान भन्छ बिल माग्दा बिल पनि दिदैन्न हामीलाई कसरी थाहा हुन्छ कि हाम्रो नाममा कतीवटा औषधि दिएका छन ?
सर्वोच्च अदालतको आदेशपछि सरकारले बिरामीलाई सुविधा दिन, अस्पतालको आयस्रोत बढाउन र रोजगारीसमेत सिर्जना गर्न २०७२ मा हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने व्यवस्था गरेको हो । अस्पताल हाताभित्र सञ्चालित निजी फार्मेसीलाई विस्थापन गरेर सुरु गरिएका फार्मेसीमा औषधि नभएपछि बिरामी र आफन्त निजीमै धाउन बाध्य छन् । दूरदराज बाट उपचारमा सहजता होस भनेर आएका सर्वसधारणलाई औषधिकै कारण अन्य अस्पतालमा रेफर गरि पठाएपछी गरिब लाचारको पिढा माथी झन पिडा थपेको बुझिएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिरेन्द्र प्रधान संग बुझदा “नारायणी अस्पतालले स्वास्थ बिमा गराएका बिरामीहरूलाई औषधि दिन सकेकाे छैन हामीले फार्मेसी संग बुझ्दा कुनै किसिमको सहयाेग पाएका छैनौ । सम्बन्धित सबै ठाउँमा कुरा गरेकाे छु हाम्राे टेन्डर समेत खारिज भैसकेकाेले हामी पुनः टेन्डर गर्ने प्रक्रियामा गएका छाै । माघ १२ गते टेन्डर खुल्छ त्यसपछि सम्झौता अनुसार हामी स्वास्थ बिमा गराएका बिरामीहरूलाई औषधि दिन सक्छाै । नारायणीका चिकित्सकहरूले बाध्यताले मेडिकल कलेज लगायत अन्य अस्पतालमा रेफर गर्नु परेकाे छ । नारायणी अस्पतालको फार्मेसीमा औषधि नपाएपछि यहाँका चिकित्सकहरूले स्वास्थ बिमाका बिरामीहरूलाई अन्त रेफर गर्नु परेको स्विकार्दै मेडिकल सुपरिटेन्डेड डा. प्रधानले बताए ।







