Categories समाचार समाज

१० बर्षीय बालिकाको हत्या गरेको आरोपमा ४० बर्षीय युवक पक्राउ ।

Advertisement

वीरगंज। अवैध सम्बन्ध लुकाउन अबोध बालिकाको हत्या गरेको आरोपमा वीरगंजबाट एकजना युवक पक्राउ परेका छन ।

गत पुष २४ गते वीरगंज महानगरपालिका वडा नम्बर १६ घर भई र हाल वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्दै आएका सरोज महतो कुश्वाहाको १० बर्षीय छोरी रिजवान महतोको हत्या गरेको आरोपमा प्रहरीले वीरगंज १६ बस्ने ४० बर्षीय मोतीलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको छ  ।  

Advertisement

बालिकाको शव कंचनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको उत्तरपट्टि चेपमा टाउकोमा ढुङ्गा प्रहार भएको अवस्थामा फेला परेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक ओमप्रकास खानालका अनुसार घटनास्थलमा फेला परेका प्रमाण र पछिल्लो अनुसन्धानले पक्राउ परेको कुर्मीले अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या गरेका हुन् ।

पक्राउ परेका कुर्मीमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *