Categories समाचार

१३ कठ्ठामा लगाइएको अबैध गाँजा खेती प्रहरीद्वारा नस्ट

Advertisement

आर.के.चौधरी
वीरगन्ज । पर्सा प्रहरीले ग्रामीण भेगमा हुदै आएको अबैध गाँजा खेती नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको बुझिएको छ।

पछिल्लो दिनहरुमा ग्रामीण भेगमा निर्वाद रुपमा गरिएको गाँजा खेती अहिले प्रहरीको सक्रियता पछि धमाधम रोकिएको छ।

Advertisement

आज ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय एकटङ्गाको संयुुक्त प्रहरी टोलीले १३ कठ्ठामा लगाएको अबैध गाँजाको लगभग ४५०० बोट फडानी गरि नस्ट गरेको छ।

Advertisement

पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको कमाण्डमा खटिएको टोलीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा ४ को ओझैया प्रसौनी टोलमा गरिएको अबैध गाँजा खेती नष्ट गरिएको  प्रहरी निरीक्षक थापाले जनाए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *