Categories समाचार

एमालेको केन्द्रीय प्रचार विभागको सदस्यमा पर्साका दास मनोनीत

Advertisement

वीरगञ्ज। नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ९ जनालाई सदस्यमा मनोनीत गरेको छ । भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा ९ जना सदस्य मनोनीत गरेको हो ।

मनोनीत ९ सदस्यमा पर्साबाट पत्रकार महेश दास परेका छन् ।
प्रेस चौतारी नेपाल र नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा रहेर काम गरी सकेका दास अहिले नेकपा एमालेको वीरगञ्ज महानगर कमिटीको उपाध्यक्ष हुन् ।

Advertisement

एमाले केन्द्रीय प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य बिष्णु रिजाल छन् ।
थपिएका सदस्यहरुमा प्रेस चौतारी नेपालको पूर्व अध्यक्ष गगन बिष्ट, पूर्व महासचिव प्रमोद दाहाल, अहिलको अध्यक्ष गणेश बस्नेत, बरिष्ठ पत्रकार निर्मला शर्मा, नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव उजिर मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष टीका बिष्ट, चेतन अधिकारी, र रोशन खडका हुनुहुन्छ ।

Advertisement

मनोनीत भएका सवै सदस्यहरु प्रेस चौतारी नेपालका वर्तमान तथा पूर्व पदाधिकारी, एकता प्रक्रियामा सहभागी भएका प्रचार क्षेत्रका नेता हुन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *