वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साले २ घन्टा धर्ना दिएको छ । कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्साले बिहिबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ।
धाेविनी गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पु पटेलालाई दुर्व्यवहार गर्नेलाई कारवाहीकाे माग गर्दै संगठनले २ घन्टा धर्ना दिएको हो ।
गाउँपालिकाकाे वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीकाे एक समुहले माघ १३ गते बिहिबारका दिन याेजना शाखा प्रमुख पटेललाई दुर्व्यवहार गरेकाे धाेबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताए ।
निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेकाे कर्मचारीहरुकाे समुहले दुर्व्यवहार गर्ने कुर्मीमाथी कारवाही गर्ने माग गर्दै धर्ना दिएका हुन।
गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने मोटर आफुले भनेकाे ठेक्दारमार्फत खरिद नगरेकाे आक्राेशमा धर्मनसहितकाे समुहले योजना शाखा प्रमुख पप्पुलाई उनकै कार्यकक्षमा गाली गलौजसहित लछार पछार गर्दै कुटपिटकाे प्रयास समेत गरेकाे थियाे ।
धर्मनले एक जना ठेकेदारसंग कमिशन लिएर उनलाई नै मोटर खरिदका लागि जिम्मा दिने डिल गरेका थिए । तर त्याे ठेक्दारकाे सप्लार्यस मार्फत गाउँपालिकाले माेटर खरिद नगरेपछि धर्मनसहितकाे समुहले गत बिहिबार गाउँपालिकाकाे याेजना शाखा प्रमुख पप्पुकै कार्यकक्षमा उनलाई २ घण्टा सम्म थुनी कोठा बाहिर समेत निस्कन नदीई बेइज्जत गरेको बताइएको छ ।
संगठनले गरेकाे धर्नामा अध्यक्ष गिरीले मन्तव्य दिदै राष्ट्र सेवक कर्मचारीहरुको मनोबल कमजोर हुने तथा सेवा प्रवाहमा समेत प्रभावकारीता कायम नरहने सचेत गराउँदै कर्मचारी संगठनले यसरी प्रतिशोध तथा पूर्वाग्रहबाट प्रेरित भएर कर्मचारीहरुको मान सम्मान तथा इज्जत प्रतिष्ठासँग खेलवाड गर्ने निज धर्मनलाई कानुन बमोजिम यथासिघ्र कारवाही गरी पिडित कर्मचारीलाई न्याय दिन प्रमुख जिल्ला अधिकारी संग माग गरेका छन् ।
दाेषीलाई २४ घण्टाभित्र समातेर कारवाही प्रक्रिया अगाडी नबढाए शुक्रबार पुनः जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने बताए । शुक्रबार सम्म पनि दाेषीलाई कुनै कारवाही भएन भने आइतबारदेखि पर्सा जिल्लाको सम्पूर्ण स्थानिय तह लगायत अन्य कार्यालयहरु बन्द गरी आन्दाेलनकाे अन्य कार्यक्रमहरु अगाडी बढाइने चेतावनी दिदै संगठनले सोको सम्पूर्ण जिम्मेवार जिल्ला प्रशासन कार्यालय पर्साकाे हुने संगठनका अध्यक्ष गिरीले बताए ।







