Categories धर्म/संस्कृति समाचार

सरस्वती पुजाको रौनक शुरु , मुर्तिकारहरु अन्तिम रुप दिन व्यस्त

Advertisement

वीरगन्ज । सरस्वती पुजा नजिकिदै जांदा पर्साका मुर्तिकारहरुलाई यतिखेर मुर्ति बनाउन भ्याइ नभ्याई भएको छ । यस वर्षको सरस्वती पुजा आउंदो माघ २३ गते आइतबारका दिन रहेको छ । सरस्वती पुजा आउंन अब दुई दिन मात्रै बाँकी रहेकोले मुर्तिकारहरु अन्तिम रुप दिन निकै व्यस्त भएको देखिएको छ ।

प्रत्येक वर्ष विद्यार्थीहरुले श्रीपञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पुजा आराधना गर्ने गर्दछन पुजाको लागि माटोबाट बनाईएको सरस्वती माताको मुर्तिको आवश्यक्ता पर्ने गर्छन ।

Advertisement

सरस्वतीको मुर्ति बनाएरै राम्रो आम्दानी लिन र व्यवसाय प्रवद्धनको लागि यहांका स्थानीय कालिगढ तथा बाहिरका कालिगढहरु यतिखेर सरस्वतीको मुर्ती बनाउन व्यस्त भएका हुन ।

Advertisement

माता सरस्वतीको पुजा अर्चनामा मुर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकोले जिल्लाको रानिघाट, मुर्लीचौक, नेशनलट्रेनिङ, छपकैया, लक्षुमनवा, पोखरिया  सहित बिभिन्न स्थानमा सरस्वती माताको मुर्ति बनाउन कालिगढहरु लागेका छन ।

एउटा सरस्वातीको मुर्ति तीन हजार देखि लिएर पाच हजार सम्ममा बिक्रि हुने गरेको मुर्तिकारहरुले बताएका छन । प्रत्येक वर्ष सरस्वती पुजाको समयमा १ महिनामानै मुर्ति बनाएरै आफु १ लाख सम्म आम्दानी गर्दैआएको मुर्ति बनाउंदै गरेका एक मुर्तिकारले बताए । पछिल्लो वर्षहरुमा कोभिड १९ का कारण गुमिएको आमदानी यसपालि कमाउन सकिने आशा पनि व्यक्त गरे ।

विशेष गरि दुर्गापुजा, विश्वकर्मापुजा, कृष्णाजन्माष्टमी र सरस्वति पुजाको समयमा मुर्तिको माग हुने गरेको उहाँले जानकारी दिए । सरस्वती पुजा धार्मीक परम्परा भएपनि त्यसभित्र ठुलो व्यवसाय लुकेको मुर्तिकारहरुले बताउछन् । आफ्नो प्रतिभाबाट विभिन्न पुजा अर्चनामा चाहिने भगवानको प्रतिमा बनाएर वार्षिक लाखौको आम्दानी गर्ने गरेको मुर्तिकारहरुले जनाएका छन् ।

पर्साका अधिकांश निजी तथा सामुदायीक विद्यालय, संध संस्था , विधार्थीहरुको समुहले सरस्वती पुजाको दिनमा मुर्तिको प्रतिमा प्रतिस्थापन गरेर पुजा मनाउने गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *