Categories समाचार

कर्मचारी दुर्व्यवहार विरुद्धकाे आन्दाेलनलाई निरन्तरता दिने निर्णय

Advertisement

वीरगंज । पर्साका प्रमुख प्रशासकिय अधिकृतहरूकाे बिहिबार बैठक सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाकाे कार्यालयमा बसेकाे बैठकले कर्मचारी दुर्व्यवहार विरुद्धकाे आन्दाेलनलाई निरन्तरता दिने निर्णय गरेकाे छ ।

बैठकले कार्यस्थलमा सुरक्षाकाे अनुभुती नभएसम्म आन्दाेलनका कार्यक्रमलाई निरन्तरता दिने र साे आन्दाेलनमा पर्साका सबै स्थानिय तहहरुकाे एकबद्धता रहने, धाेबिनी गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पु पटेलालाई दुर्व्यवहार गर्नेमाथी प्रहरी प्रशासनबाट कारवाही पक्रिया अगाडी नबढेकाे सम्बन्धमा र कर्मचारीहरुकाे सुरक्षा सवालमा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालसंग कुरा गर्न वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चल राज पाण्डेलाई अनुराेध गर्ने निर्णय गरेकाे छ ।

Advertisement

साथै आन्दाेलन सम्बन्धमा जिल्लास्थित जिल्ला स्तरका सम्पूर्ण ट्रेड युनियनहरु, आधिकारिक ट्रेड युनियन र स्थानिय तहका ट्रेड युनियनहरुसंग समन्वय गरी अगाडी बढने निर्णण गरिएकाे बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए ।

Advertisement

बैठकले जिल्लाका सम्पूर्ण पालिकाकाे प्रमुख प्रमुख प्रशासकिय अधिकृतहरुकाे बैठकले अनिवार्य रुपले १५/१५ दिनमा बस्ने समेत निर्णय गरेकाे छ ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पाण्डेकाे अध्यक्षतामा बसेकाे बैठकमा पाेखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, छिपहमाई गाउँपालिकाका सुनिल चाैधरी, पकहा मैनपुर गाउँपालिका सुधांशु शेखर प्रसाद, सखुवा प्रसाैनी गाउँपालिकाका अरविन्द ठाकुर लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *