श्याम सर्राफ
वीरगन्ज । माघको शितलहर र कठयाग्रिदो जाडोमा हरेक वर्ष केहि बिशेष नियम पाल्ना गर्दै शिवभक्तको छुट्टा छुट्टै समुह निस्किन्छ जलबोझीमा ।
जस्मा मुख्यता केहि कडा नियम कानुन बनाईएको हुन्छ र त्यस समुहमा भएका सम्पूर्णभक्तलाई उक्त नियम मान्नै पर्छ। हिन्दु धर्म प्रती आस्था भएका शिवभक्तहरु कठोर जाडोमा खाली खुट्टा, पोसाकमा (वस्त्र) धोती कुर्ता, टाउकोमा पगरी(मुरैठा) र कांधमा बासले बनाईएको शु शोभीत कांवर , मनमा उत्साह लिएर बिभिन्न गाँउ ठाउबाट्ट निस्केर पहिलै देखी निर्धारित ठाँउको भेलामा(बिटोर पुजा) पुग्नु हुन्छ।

भेला भएको उक्त समुहलाई “कफला” पनि भनेर चिन्निन्छ जस्मा बिभिन्न गाउका व्यक्तिहरू बस्नु हुन्छ। केहि व्यक्तिलाई पद दिईएको हुन्छ जस्तै जिमदार,सिपाहि,खाजान्ती… वहाहरूले आफ्नो पद अनुसारको कर्तव्य निर्वाह गर्नुहुन्छ। यस यात्रा को सब भन्दा रमणिय र आकर्षणको केन्द्र बिटोर गर्न बोलाईएको गाउँमा जस्ले भेला गराउनुभएको हुन्छन वहाको घरमा जन्ती आएझैको सजावट र हर्सोहुल्लास हुन्छ किन्न भने पुजा हुने समय बेलुकि शिव, पार्वती, बासाहा (शिवजीको सवारी) ,भुत पिचासको प्रतिक बनाई बरात निकालिन्छ र पुरै गाउँको परिक्रमा पस्चात बिटोरपुजा भएको शिवभक्तको ढोकामा जान्छ बरात तथा छोरीपंछले स्वागत गरेझै स्वागत गरेर पुर्ण श्रद्धा सुमनका साथ पुजा पाठ गरिन्छ मानुमकी प्रभु शिवशंकर आफै स परिवार बिराजमान हुनुभएछ।

तपस्याको यात्रा भनेर चिनिने यस जलयात्रामा सहभागी भएका भक्तले खाली खुट्टा यात्रा गर्नुको साथै बिहानको नित्यकर्म पछी पुजापाठ सकेर खाना खाने बेला धोती मात्रै लगाउन्न पाईन्छ र खाईसकेपछी पनी नुहाउनु पर्ने बिशेष नियम छ, दिशापिसाब पछि पनी नुहाउनु पर्छ त्यसैले तपस्याको यात्रा भनेर पनी भनीन्छ।

अरु यात्रामा जोकोहि ले पकाएको खाने वा पसलबाट्ट पनी किनेर खान् पाईने काम यस यात्रामा बन्देज लगाईएको छ। आफ्नै कफलाका(समुह) सदस्यले पकाएको खानेकुरा आफ्नै समुहसंग नियमानुसार खान पाईन्छ हैन भने दण्ंड जरिवानाको पनी व्यवस्था गरिएको हुन्छ। यात्राको क्रममा कुनै होटेल लजमा बास बस्न नपाईने नियम छ जस अनुसार घरबाट्ट निस्के पस्छात खुल्ला ठाँउमै सामुहिक बास बस्नुपर्छ।
बिभिन्न ठाउँबाट्ट निस्केको बिभिन्न समुह जलबोझी(जल बोकेर) गरेर शिवलिंग भएको शिवस्थान पुगी वसन्तपञ्चमी माघ शुक्ल पञ्चमीको दिन शिवाल्यमा जल अर्पण गरि बिशेष पुजापाठ र गरिबहरूलाई अन्नदान संगै यात्रा सफल भएको मानिन्छ ।







