Categories समाचार

कर्मचारीमाथि दुर्व्यवहार गर्ने कार्यपालिका सदस्यका श्रीमानमाथी मुदा दर्ता

Advertisement

बिरगंज । पर्साको धोबिनी गाऊपालिकाका योजना शाखा प्रमुख पप्पु पटेलमाथी दुर्व्यवहार गर्ने कार्यपालिका सदस्य शान्ति देबीका श्रीमान धर्मन राउत कुर्मीमाथी मुदा दर्ता भएको छ ।

योजना शाखा प्रमुख पटेलले शुक्रवार सरकारी वकिल मार्फत मुदा दर्ता गर्न ईलाका प्रहरी कार्यलय पोखरियामा जाहेरी चढाएका थिए । शुक्रबार  बेलुका नै जाहेरी दर्ता भएको ईलाका प्रहरी कार्यलय पोखरिया प्रहरी निरीक्षक दीपक थापाले जानकारी गराए । सरकारी वकिल मार्फत आएको जाहेरी दर्ता गरी शुक्रबार ढीलो भएकोले आइतबार सरकारी वकिल कार्यालयलाई जानकरी गराईने प्रहरी निरीक्षक थापाले बताए । 

Advertisement

गत माघ १३ गते  कार्यपालिका सदस्य शान्ति देवीका श्रीमान धर्मन राउत कुर्मीसहित ५/७ जानाको समूहले मोटर खरिदका लागी कार्यआदेश अर्कों ठेकेदारले पाएको भन्दै किन योजना संचालन गार्यो , किन मैले भनेको ठेकेदारले योजना पाएन , किन अर्कों ठेकेदारले कार्यआदेश पायो भन्दै २ घण्टा योजना शाखा प्रमुख पटेललाई उनकै कार्यकक्षमा थुनी नानाथरीका गली ग्लोज गरीएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *