बिरगंज । भोलेन्टियर टिम बिरगंजको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम बिरगंज २८ बगहिमा सम्पन्न भएको छ ।
हालै बढी रहेको कोरोनाको नयाँ भेरिएन्टको त्रासका कारण रक्तदान कार्यक्रमको आयोजनामा कमि भएकोले बिरगंज रक्तसञ्चार केन्द्रमा बिरामिलाई रगतपुर्तिमा कठिनाइ भइरहेकोले भोलेन्टियर टिम बिरगंजद्वारा बगहिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे ।

बिरगंज-२८ बगहिमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा १ महिला सहित ६३ जना रक्तदाताले रक्तदान गरेका छ्न । रक्तदान कार्यक्रम भोलेन्टियर टिम बगहिका कार्यक्रम संयोजक लक्ष्मण महतोको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथी इक्षा बचत सहकारिका सोनालाल राउत कुर्मी, बिशिस्ट अतिथी नरेस ठाकुर, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्र राज कन्डेल, भोलेन्टियर टिमका संयोजक राजन श्रीवास्तव, स्पर्श अस्पतालका रुपक पटेलले रक्तदाताहरुलाई प्रमाणपत्र र टिसर्ट हस्तान्तरण गरि प्रोत्साहन गरेका थिए ।

रक्तदान मनिसा चौधरी, रुपेस पटेल, मदन महतो, अजय पटेल, सन्दिप राउत, अच्छेलाल साह, अजय सहानी लगायत ६३ जनाले रक्तदान गरेका छन भने कार्यक्रममा राधेश्याम पटेल, दिनेस मिश्र, शेष हजरा, दिनेस कुश्वाहाले स्वयंसेवकको भुमिका निर्वाह गरि कार्यक्रममा सहयोग गरेका हुन।

नेपाल रेडक्रस रक्तसञ्चार केन्द्र बिरगंजबाट राजन श्रीवास्तव, इकरामुल अन्सारी, उदय कुमार, मन्ताज मिया लगायतको टोलिले प्राबिधिक सहयोग गरेको भोलेन्टियर टिमका कमलेश कुश्वाहाले जानकारी गराए ।







