Categories विदेश समाचार

भिजिट भिषामा गएकाहरू खाडी मुलुकमा अलपत्र पर्ने क्रम बढ्यो

Advertisement

काठमाडौं । अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ । कोभिड–१९ का कारण रोजगारी गुमाउनेको संख्या बढीरहेको बेला भिजिट भिसामा पठाई श्रममा लगाउने क्रम बढेको देखिएको छ । जसका कारण भिजिट भिसामा जानेहरु अलपत्र पर्ने गरेका छन् । आकर्षक कामको प्रलोभनमा परी भिजिट भिसाको माध्यमबाट जानेहरु अलपत्र पर्ने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताउनुभयो ।

भूसालका अनुसार भिजिट भिसामा जानेको तथ्यांक विभागमा पनि नहुने भएकाले अफ्ट्यारोमा परे नेपाल ल्याउन समस्या हुन्छ । युएई लगायतका खाडी मुलुकका केही देशमा आर्कषक तलब सुविधाको प्रलोभन देखाई विभिन्न व्यक्ति र संस्थाले भिजिट भिसामा रोजगारीका लागि व्यक्ति पठाइरहेको गुनासो आएको भुसालले बताउनुभयो ।

Advertisement

‘केही व्यक्ति र संस्थाले आकर्षक तलब सुविधाको प्रलोभन देखाई भिजिट भिसामा लगेको पाइएको छ’ उहाँले भन्नुभयो, ‘यस प्रकारको गैरकानुनी प्रक्रिया र बाटो प्रयोग गरी भिजिट भिसामा रोजगारीका लागि पठाउने कार्य रोक्न अनुरोध समेत गरिएको छ।’

Advertisement

विभागले यसअघि श्रम स्वीकृति नलिई छनोट प्रक्रिया शुरु गरेको जनाउँदै आधा दर्जन मेनपावर कम्पनीलाई समेत कारवाई गरिसकेको छ । विभागले भिजिट भिसामा गई काम गर्दा श्रमिकलाई शारीरिक, मानसिक हिंसा, कानुनी अधिकारबाट बञ्चित हुने जनाउदै नजान अनुरोध समेत गरेको उहाँ बताउनुहुन्छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *