वीरगन्ज । सशस्त्र प्रहरी बल बिओपी वीरगन्ज भन्सारमा दरबन्दी कायम नभई काजमा आएका सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बम आए पश्चात् तत्कालीन सशस्त्र प्रहरी नायब महा निरीक्षक चन्द्र प्रकाश गाैतमले उनलाई खटाएर आर्थिक रकम संकलन गर्नका लागि सशस्त्र प्रहरी वाग्ले भन्ने व्यक्तिलाई अन्यत्र जिल्लामा काज रवाना गरे पछचात पुनः उनले सशस्त्र प्रहरी सहायक हवल्दार सुमन केसीलाई खटाएका थिए ।
तर विडम्बना उहाँले खटाएका केसीलाई समेत विभिन्न बहानामा सशस्त्र प्रहरी नायब महानिरीक्षकले अन्यत्र जिल्लामा रवाना गरे पश्चात् उनले सशस्त्र प्रहरी बरिष्ठ हवल्दार तिलक थापा विगत देखि पटकपटक सशस्त्र प्रहरी महानिरीक्षक सलेन्द्र खनालकाे पाला बाट अहिलेसम्म बसेका व्यक्ति सशस्त्र प्रहरी महानिरीक्षक लाई ३९ नम्बर रिजर्भ गणबाट सशस्त्र प्रहरी उपरीक्षक मनाेज थापालाई भनी भन्सार ल्याउन सफल भए ।
त्यस पश्चात् उनले नम्बर १३ गण दरबन्दीकाे यादव थरका व्यक्ति र सशस्त्र प्रहरी महानिरीक्षक थापा मार्फत आर्थिक संकलन गर्न सफल भए । तत्कालीन सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गाैतम गए पश्चात् पुनः उनले आफ्नो विगतको प्रिय पात्र वाग्लेलाई अहिले ल्याउन सफल भई वाग्ले थरका व्यक्तिले आर्थिक रकम संकलन गर्दै छन् ।
जसमा एक जना कपडा तसकर गर्ने व्यक्तिले भन्सार पछाडीकाे बगैँचा बाट भन्सार पछाडिको बाटो बाट टाउकोमा बिहानकाे ३ बजे देखि ५ बजे सम्म ५०/६० पाेका सामान ल्याएर ईनर्वा जाने बाटाेमा जम्मा गर्छन र त्यहाँ बाट अटाेमा राखेर रेल्वे राेड हुँदै मिनाबजारमा जम्मा गरि बिल बिजक बनाई फेरि एउटा ट्रान्सपाेर्टमा दिने गरेका छन् ।
अर्का एक कबाड तस्करलाई बलीरामपुर बाट रातमा एक सय देखि दुई सय ठेला कबाड पास हुने गरेकाे त्यहाँका स्थानीय बासी बताउछन् । त्यसैगरी मेन बाटाे बाट साईकलमा हार्डवेयरकाे काम गर्ने भारतीय लगायत ३/४ काे लाईन खुल्ला गरेका छन् ।
उनका टवाईसी सशस्त्र प्रहरी नायब निरिक्षक राम प्याकुरेल जिल्ला प्रशासन कार्यालयमा बेस कमान्डर चलाएर पुनः तत्कालीन नं. १३ गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले सशस्त्र प्रहरी निरिक्षकलाई सहज वातावरण बनाउनका लागि पठाएका हुन उनी एकीकृत भन्सार मा समेत ६ महिना कमान्ड पाएका थिए ।
अहिले उनले भन्सार एजेन्ट, ट्रान्सपाेर्ट एंव संचारकर्मी लगाएत सम्म सुमधुर सम्बन्ध कायम राखी सहज गराएका छन् उनी नं. १३ गण आउने वितिकै बि ओ पि श्रिसिया गए पश्चात् सशस्त्र प्रहरी निरिक्षक सुरज पाैडेल बिदामा बसेकाे बेला मालसमान पास गराउछन् । तत्कालीन कमान्डर सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले उनका घुमवा मधु क्षेत्री र उनलाई नं.१३ गणमा झिकेर कारबाही समेत गरेका थिए ।
अहिले सशस्त्र प्रहरी सहायक निरिक्षक थापा र सशस्त्र प्रहरी नायब निरिक्षक प्याकुरेल सशस्त्र प्रहरी नायब महानिरीक्षक रामशरण पाैडेलकाे संरक्षणमा त्यहाँ बस्न सफल भएका छन् अहिले नं. १३ गणमा कार्यरत जुनियर अधिकृत लगाएत सम्पूर्णकाे गुनासाे नै छ कसैलाई पटकपटक सुबिधा सम्पन्न स्थानमा पठाउने कसैलाई सदैव पट्राेल, पिकेट, कलास आन्तरिक डिउटी खटाउने भनी गुनासाे गरेका कुरा नाम नखुलाउने सर्तमा एक जना अधिकृतले बताए ।
अब नँया सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पाेर्खेल आए पश्चात् निस्पक्ष एंव पारदर्शिता हुन्छ कि भन्ने आसामा छाै ?
हेरम फेरि पनि त्यस्तै पाे हुने हाेकी भन्दैछन भन्ने जानकारी सशस्त्र प्रहरीका कर्मचारी बताउँछन् ।







