वीरगञ्ज । पर्सामा बढ्दै गएको मोटरसाइकल चोरी प्रति प्रहरी एक्सनमा आएको छ। मोटरसाइकल चोरी गर्ने चोरहरु धमाधम पक्राउ पर्न थालेका छन ।
पर्सा प्रहरीले हिजो पनि (सोमबार ) मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं.५ बहुअरी बस्ने वर्ष २० को साहिल पटेललाइ पक्राउ गरेको हो ।
राति २३:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ बस्ने वर्ष ३२ का बिश्वास प्रसाद पटेलको नाममा दर्ता रहेको ना.६३ प ९२७४ नम्बरको कालो रातो रंगको १५० CC को पल्सर मोटरसाइकल वडा नं.१५ ओम होटल एण्ड पार्टी पैलेश अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो ।
लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा उक्त स्थानमा खटिएको प्रहरी टोलीले फेला पारी निजलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







