Categories समाचार हाइलाइट-समाचार

नेता सिंह फागुन १४ गते एमाले प्रबेश गर्ने पक्का

Advertisement

वीरगंज । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता राजेशमान सिंह नेकपा एमालेमा प्रबेश गर्ने भएका छन् । नेता सिंहले बुधबार काठमाडाैंमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्दै एमाले प्रबेश गर्ने प्रतिवद्धता जनाएका हुन् ।

भेटघाटकाे क्रममा नेता सिंहले फागुन १४ गते एमाले प्रबेश गर्ने प्रतिवद्धता जनाएकाे नेकपा एमाले वीरगंज महानगरपालिका सचिव सुन्द्र कुर्मीले जानकारी दिए । साे अघि नेता सिंहले एमाले प्रबेश बारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने छन् ।

Advertisement

पार्टी प्रबेशकाे लागि कुरा गर्न काठमाडाैं पुगेका नेता सिंहलाई एमाले अध्यक्ष ओलीले खादा ओढाएर स्वागत गरेका थिए । उनीसंग लाेसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी लगायतका लाेसपाका नेता तथा कार्यकर्ताहरु समेत ओली निवास पुगेका थिए ।

Advertisement

गत स्थानिय तहकाे निर्वाचनमा नेता सिंह तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट वीरगंज महानगरपालिकाकाे मेयरमा चुनाव लडेका थिए । मेयरमा पराजित भएका नेता सिंह राजपा र संघिय समाजवादी पार्टी मिलेर बनेकाे जनता समाजवादी पार्टी (जसपा) हुँदै पुन: अलगिएर बनेकाे लाेसपामा लागेका थिए ।

स्राेतका अनुसार अब हुने स्थानिय तहकाे चुनावमा नेता सिंह एमालेबाट वीरगंज महानगरपालिकाकाे मेयरमा पुन: चुनाव लडने छन् ।

साेमबार काठमाडाैंमा भएकाे अध्यक्ष ओलीसंगकाे भेटघाटमा नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ता, निर्माला देवकाेटा, वीरगंज महानगर सचिव सुन्दर कुर्मी लगायतकाे समेत उपस्थिती रहेकाे थियाे ।  

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *