पर्सा । नेकपा एमाले पकाहामैनपुर गाउँपालिकाका गा.पा. अध्यक्ष अकलेश कु साहको अध्यक्षतामा गाउँपालिका स्तरिय बैठक सम्पन्न भएको छ।
गाउँ पालिका स्तरीय बैठकले आउदै गरेको स्थानीय तहको चुनावमा कसरि पार्टी लाई ससक्त बनाएर लिएर जान सकिने लगाएतका विभिन्न निर्णय गरेको छ । बैठकमा २१ जना युवाहरु नेकपा एमालेमा प्रवेस गरेका छन्।
कार्यक्रममा जिल्ला सदस्य धामु सर्मा, अखिल नेपाल पिछडावर्ग(OBC) महासंघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका गा.पा. सचिव राजेश सहनि, सह सचिव रामरुप प्र पटेल, मनोज चौरसिया, वडा नं ५ का वडा कमिटी अध्यक्ष रामबाबु प्र चौरसिया, वडा ३ का वडा कमिटी अध्यक्ष मोटर कमकर, वडा नं १ का वडा कमिटी अध्यक्ष उमेश सहनि, लाजिम मिया दर्जि, सुकेश पटेल, जालिम मिया, लगायतको सहभागिता रहेको वडा नं ३ का वडा सचिव भगवान प्र पटेलले जानकारी दिनुभयो।







